Main News

सुदूरमा पनि पुग्यो पहिचानको मुद्दा (भिडियो रिपोर्टसहित)

२०८० जेठ २९ गते २१:०९
सुदूरमा पनि पुग्यो पहिचानको मुद्दा (भिडियो रिपोर्टसहित)

२९ जेठ २०८० कैलाली । कोशी प्रदेशपछि सुदूरपश्चिम प्रदेशमा पनि प्रदेशको नाम परिवर्तन गर्नुपर्ने बहस सुरु भएको छ । जसको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गरेको छ ।

प्रदेशसभाको बैठकमा नागरिक उन्मुक्तिले नामकरणको माग राखेपछि अहिले प्रदेशमा पुनः एक पटक नामकरणलाई लिएर बहस सुरु भएको हो । तर, सत्तारुढ गठबन्धन भने सहायात्री दलको प्रस्ताव र माग अस्वभाविक भएको तर्क गर्छन् ।

आइतबार सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रमाथि छलफल चलिरहेको थियो । छलफलमा भाग लिँदै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गरेर खप्तड(थरुहट राख्नुपर्ने माग राखे ।

देश सङ्घीयतामा जानै लाग्दा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारुहट प्रदेशको माग गर्दै आन्दोलन भएको थियो । कैलाली लगायतका जिल्लाका थारु समुदायले थरुहट प्रदेशको माग गरिरहेका थिए भने त्यसको विपरीत अखण्ड सुदूरपश्चिमको मागसहित आन्दोलन भएको थियो ।

तर, उक्त आन्दोलन टीकापुर घटनासँगै सेलाएको थियो । अहिले रेशम चौधरी कैद मिनाहा गरेर फर्किए लगत्तै पुनः प्रदेशको नामकरणको मुद्दा उठाइएको हो । तर, उन्मुक्तिले राखेको मागप्रति सत्तापक्षकै सांसद असन्तुष्ट छन् । सत्ता गठबन्धनसँग स्पष्ट बहुमत भएपनि सर्वस्वीकार्य नाम परिवर्तन गर्न नहुने उनीहरूको तर्क छ ।

२०७५ असोज १२ गते तत्कालीन प्रदेशसभाको दुई तिहाई अर्थात् ५६ मध्ये ३८ प्रदेशसभा सदस्यले ले प्रदेशको नाम र राजधानी पारित गरेका थिए ।

नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले भने विपक्षमा मत हाले । संसदको दुई तिहाईले पारित गरेको मुद्दालाई उन्मुक्तिले उठाउने शंका उब्जिएको छ । यदि अहिले नै मत्थर नगरे फेरि नामकरणको नाममा सुदूरपश्चिममा अर्को द्वन्द्व नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *