राजनीति

कांग्रेस : ठूलै पार्टी, ठूलै भद्रगोल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २९ गते २१:०५
कांग्रेस : ठूलै पार्टी, ठूलै भद्रगोल (भिडियो रिपोर्टसहित)

२९ जेठ २०८० काठमाडौं । गुटगत स्वार्थको रस्साकस्सी, शीर्ष नेताबीच नै सार्वजनिक सवाल(जवाफ, विधान उल्लंघनको आरोप र अस्तव्यवस्त भ्रातृ संगठन नेपाली कांग्रेसका समस्या हुन्।

यि समस्या समाधानको बाचा गर्दै नेतृत्वमा आउने फेरि यिनै समस्याको चंगुलमा पर्छन्। र, इतर खेमाबाट आलोचित हुन्छन्। अहिले सभापति शेरबहादुर देउवामाथि तिनै पूर्ववत् आरोप छ, जुन उनीभन्दा अगाडिको नेतृत्वका लागि पनि थियो। पार्टी बैठक बोलाउनेदेखि भ्रातृ संगठनलाई चुस्त-दुरुस्त बनाउने कामसम्म असफल भएको भन्दै सभापति देउवाको आलोचना भइरहेको छ।

पार्टी विधानअनुसार संगठन नचलाइएको भन्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएका छन् । पार्टी अब यसैगरि चल्न नसक्ने निष्कर्षमा उनीहरु छन् ।

महामन्त्रीहरुको दबाबले सभापति देउवालाई फरक परेको छैन । संस्थापन पक्षका नेताहरु भने सभापतिलाई मात्र जिम्मेवारी दिएर महामन्त्रीहरु उम्कन नसक्ने तर्क गर्छन् ।

१० महिनासम्म बसेन केन्द्रीय समिति बैठक
गत साउनदेखि कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छैन । मंसिरको चुनाव सकिएपछि केन्द्रीय समिति बैठक राखेर चुनावी समीक्षा गर्ने भनिए पनि सभापति देउवाले तीन पटकसम्म केन्द्रीय समिति बैठक स्थगित गर्नुभयो । त्यसबेला अनिश्चितकालका लागि स्थगित बैठक अहिलेसम्म बसेको छैन । विधानतस् कम्तिमा २ महिनाको अन्तरालमा केन्द्रीय समिति बैठक बस्नुपर्छ ।

महासमिति बैठकको टुंगो छैन
उपनिर्वाचनपछि कांग्रेसमा विशेष महाधिवेशन र नीति महाधिवेशनको बहस भयो । तर न त नीति न त विशेष महाधिवेशननै तय भयो । प्रत्येक वर्ष गर्नुपर्ने भनि विधानमै व्यवस्था भएको महासमिति बैठक समेत हुन सकेन ।

उसो अहिले त झन् देउवाका सदाबहार आलोचकको समेत बोली परिवर्तन हुँदा पार्टी विधानसम्मत नचलाउँदा पनि कुनै दबाबमा देखिनुहुन्न । इतरपक्षमा बसेर देउवालाई दबाब दिनुपर्ने शेखर कोइराला अहिले देउवाकै कदममा साथ दिइरहनु भएको छ ।

भद्रगोल भातृ संस्था
कांग्रेसमा १३ भ्रातृ र २६ शुभेच्छुक संस्था अस्तित्वमा छन् । तर, अस्तित्वमा रहेका कुनै पनि भ्रातृ संस्थाको अधिवेशन समयमा हुन सकेको छैन ।
नेपाल विद्यार्थी संघ र तरुण दलमा ६ महिनाभित्र महाधिवेशन गर्ने भन्दै ०७८ चैत ९ मा अध्यक्ष तोकियो । तर, वर्ष वितिसक्दा समितिले पूर्णता पाउन सकेन ।
नेपाल महिला संघ स् गत २६ साउनमा उषा राउत मिश्रको संयोजकत्वमा तदर्थ समिति बन्यो । तर, महिला संघको केन्द्रीय समितिले पनि पूर्णता पाएन ।

प्रजातन्त्र सेनानी संघ र किसान संघको ०६४ पछि महाधिवेशन हुन सकेको छैन ।
नेपाल दलित संघ – २०६९ पछि महाधिवेशन हुन सकेको छैन ।
नेपाल मुस्लिम संघ – २०७५ पछि महाधिवेशन हुन सकेको छैन ।

नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ स् ०७९ साउनमा केन्द्रीय समितिबाट नयाँ मान्यता पाएका यी संस्थाको तदर्थ समितिको संयोजकसमेत टुंगो लागेको छैन । तदर्थ समितिसमेत नबन्दा महाधिवेशनको तयारी नै सुरु भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्