राजनीति

के एकीकृत समाजवादीले सरकार छोड्ला ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ २९ गते २०:५१
के एकीकृत समाजवादीले सरकार छोड्ला ? (भिडियो रिपोर्टसहित)

२९ जेठ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादी आफ्ना सत्तासाझेदार दलहरुसँगै असन्तुष्ट बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण केही एजेण्डामा एकीकृत समाजवादीलाई बेवास्ता गर्दै कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका शीर्षनेतासँग मात्र छलफल गर्न थालेपछि एकीकृत समाजवादी सशंकित बनेको हो ।

त्यतिमात्र होइन, आर्थिक वर्ष २०८०–८१ को बजेटमा पनि यो दलको असन्तुष्टि सतहमै देखियो । सरकार छाड्नेसम्मको चेतावनी दिएको एकीकृत समाजवादीलाई फकाउन प्रधानमन्त्री प्रचण्डले बजेटमा पुनर्विचार गर्ने प्रतिवद्धता नै जनाउनुपरेको छ ।

्नेकपा एकीकृत समाजवादीका नेताहरुले सरकारले ल्याएको बजेटमा असन्तुष्टि पोख्न थालेका छन् । उपाध्यक्ष राजेन्द्र पाण्डेमात्र होइन मेटमणि चौधरीसम्मले सरकारको यो बजेट पास गर्न नदिने चेतावनी दिए । त्यतिमात्र होइन, पार्टी अध्यक्ष माधवकुमार नेपाल त एककदम अघि बढेरै बजेट संशोधन नभए सरकार छाड्ने चेतवानीसम्म दिन पुग्नुभयो ।

माधव नेपालको सार्वजनिक ‘धम्कि’पछि प्रधानमन्त्री प्रचण्डले सोमबार नै एकीकृत समाजवादीका नेताहरुलाई फकाउनुभएको छ । बजेटमा संशोधन गर्ने आश्वासन पनि दिनुभएको छ ।

सम्भवतः यही छलफलपछि एकीकृत समाजवादीका केही नेता बोली फेरेका छन् । उनीहरुले बजेटमा आफ्ना असन्तुष्टि रहेपनि सरकार ढाल्नेसम्मकै अवस्थामा विवाद नभएको बताउन थालेका छन् ।

पार्टीप्रतिको ुक्रेजु घट्दै जाँदा एकीकृत समाजवादी अहिलेनै सत्ता बाहिर रहने अवस्थामा छैन । उसको असन्तुष्टि बजेटप्रति मात्र होइन, माधव नेपालले नै भन्ने गरेको ‘अपमान’ सत्तासाझेदारबाटै भोग्नुपरेको एकीकृत समाजवादीका नेताहरुको बुझाइछ । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक तरंगमा प्रचण्डले कांग्रेस र एमालेसँगमात्र छलफल गर्नुभयो ।

आफ्नो भारत भ्रमणकै क्रममा पनि उहाँले एकीकृत समाजवादीसँग खासै छलफल नगरेको नेताहरु बताउँछन् । यीबाहेक पनि नीति तथा कार्यक्रममा पनि एकीकृत समाजवादीलाई महत्व नदिएको उनीहरुको बुझाइ रहेको छ ।

सत्तासाझेदारसँगै असन्तुष्ट एकीकृत समाजवादीले आगामी दिनमा थप दबाब बनाउने रणनीति लिएको बताइन्छ । दबाबमा राखेरै बजेट संशोधन गर्ने प्रयास कतिको सफल हुन्छ, त्यसका लागि केही समय फर्किनै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्