Main News

स्वर्गद्वारी दर्शन गरेर फर्केको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

२०८० जेठ २९ गते १७:२७
स्वर्गद्वारी दर्शन गरेर फर्केको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

२९ जेठ २०८० प्युठान । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका–४, उपल्लो भिङ्ग्रीमा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म एक जना लमही–५, दाङका टंक कुमालको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *