राजनीति

नेकपा ब्युँताउने बहस : सम्भव छ ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ २८ गते २०:१३
नेकपा ब्युँताउने बहस : सम्भव छ ? (भिडियो रिपोर्टसहित)

२८ जेठ २०८० काठमाडौं । २०७४ सालको आम निर्वाचनमा एमाले-माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदै एकीकरणपछि बनेको नेकपा २०७७ को पुसमा विभाजन भयो । त्यस यता विभिन्न समयमा पुनः नेकपा ब्युँताउने अभिव्यक्ति नेताहरु दिदै आइरहेका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुनः नेकपा ब्यूँत्याउने प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावको माओवादी केन्द्रले सकरात्मक रुपमा लिएको छ । नेकपा एमाले भने नेकपा ब्युँताउने कानूनी र नैतिक आधार नै सकिएको तर्क गर्छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले शनिबार एक कार्यक्रममा बोल्दै ‘नेकपा’ ब्युँताउने प्रस्ताव गर्नुभयो । यसअघि पनि केही सार्वजनिक कार्यक्रममा उहाँले पुनः नेकपा बनाउनुपर्ने धारणा राख्नुभएको थियो । जबजब आफूहरु संकट वा अप्ठ्यारोमा परेको महसुस गर्छन् अनि तत्कालीन नेकपाका नेताहरु पुनः नेकपा ब्युँताउनेपर्ने, मोर्चा बन्दी गर्नुपर्ने, कम्युनिष्ट केन्द्र बनाउनुपर्ने धारणा राख्छन् । शनिबार नेपालले त्यसैलाई निरन्तरता दिँदै आफ्नो अभिव्यक्ति दोहोर्याउनुभयो ।

२०७४ सालको आम निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र नेकपा एमाले चुनावी तालमेलमा गए । चुनावी गबन्धनबाट उनीहरुले पार्टी एकीकरण नै गरेर नेपाल कम्युनिस्ट पार्टी अर्थात् नेकपा बनाए । जुन २०७७ साल पुससम्म रह्यो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले अहिले त्यही पार्टीलाई ब्युँताउनुपर्ने माग गर्नुभएको हो । एकीकृत समाजवादी अहिले राजनीतिकरुपमै संकटमा छ, धेरै नेतारकार्यकर्ताले पार्टी छाडिसकेका छन् । त्यसैले पनि उहाँ नेकपा व्यूँताउने पक्षमा देखिनुभएको हुनसक्छ । सत्ता नेतृत्वमा रहेको अर्को दल माओवादी केन्द्रले भने
पार्टी फुटाउने दोष एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लगाउँदै आएको छ । त्यसैले उ ओलीले क्षमायाचना गरे ब्युँताउने सकिने बताउँछ ।

नेपाल कम्युनिस्ट पार्टी ऋषी कट्टेलको नाममा दर्ता छ । त्यसैले सर्वोच्च अदालतले २०७७ फागुन २३ गते ओली–प्रचण्ड नेतृत्वमा रहेको नेकपा भंग गर्ने फैसला गर्यो । जसबाट एमाले, माओवादी केन्द्र अलग भए ।

पछि, नेपालले एमालेबाट छुट्टीएर फरक पार्टी गठन गरे । नेपालको प्रस्तावलाई माओवादी केन्द्रले स्वागत गरे पनि एमाले भने सकरात्मक छैन । नेकपा ब्युँताउने कानूनी आधार नै नभएको एमालेको तर्फ छ । यस्तै नेकपाको आवश्यकता नै नभएर नेपाल र प्रचण्डले पार्टी विभाजन गरेकाले पुनः पार्टी ब्युँताउने कुरा नैतिकताले पनि नदिने एमालेको भनाइ छ । अर्थात् एमाले पुनः नेकपा ब्युँताउने मनस्थितिमा छैन ।

पार्टी नेतृत्व मात्रै होइन् आम कार्यकर्ता पनि नेकपा ब्यूँत्याउने कुरा बेमौसमी बाजा मात्रै भएको टिप्पणी गर्छन् । नेताहरु जब जब संकटमा पर्छन् तब तब एकता, मोर्चाबन्दी त कहिले विभिन्न केन्द्र बनाउने अभिव्यक्ति दिन्छन् ।

नेपालले मात्रै होइन्, नेकपा विभाजन भएपछि, चुनावको संमुखमा र आफ्नो पार्टीलाई संकट परेका बेला अन्य नेता पनि यो विगुल बजाइरहेका छन् । तर, विघटित नेकपाको प्रमुख घट एमालेको अनिच्छा, कानूनी कठिनाई र नेताको आरोपप्रत्यारोपको जुहारीका कारण नेकपा ब्युँताउने असम्भव प्रायः बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्