Main News

काठमाडौंको सिनामंगलमा गोली चल्यो, एक जना पक्राउ

हिमालय टिभी
२०८० जेठ २८ गते १३:१७
काठमाडौंको सिनामंगलमा गोली चल्यो, एक जना पक्राउ

२८ जेठ २०८० काठमाडौं । काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटनजिकै शम्भु मार्गमा प्रहरीले हानेको गोली लागेर घाइते भएका भगतलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लगिएको छ ।

भगतबाट प्रहरीले १०० ग्राम लागू औषध नियन्त्रणमा लिएको छ । ठूलो मात्रामा लागूऔषध ओसारपसार गरेको आशंकामा ब्यूरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो । भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *