Main News

किन बढ्यो यतिसारो गर्मी ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ २७ गते २०:५६
किन बढ्यो यतिसारो गर्मी ? (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० काठमाडौं । देशभर अत्यधिक गर्मी बढेको छ । काठमडौंसहित देशका अधिकांश ठाउँको तापक्रम सामान्य भन्दा बढी छ ।

नवलपरासीको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम चिया बगान र ओखलढुङ्गामा हालसम्मकै उच्च तापक्रम मापन गरिएको छ । कोशी प्रदेशबाहेक ६ प्रदेशका तराई भू–भागमा त तापक्रम ४० डिग्री माथि छ । यसरी तापक्रम सामान्यभन्दा किन बढी भइरहेको छ ? कहिलेदेखि तापक्रम घट्ला ?

यस वर्ष अघिल्ला वर्षको तुलनामा बढी गर्मी महसुस भइरहेको छ । अधिकतम तापक्रम अघिल्लो वर्षको तुलानामा अत्यधिक बढेको छ । राजधानी काठमाडौंमा पनि सामान्यता ३० डिग्री सेल्सीयस आसपास तापक्रम हुन्थ्यो ।

अहिले ३४–३५ डिग्री सेल्सीयससम्म पुगेको छ । यस्तै देशका अन्य ठाउँको अवस्था पनि उस्तै छ । तापक्रम सामान्य भन्दा बढी हुँदा अत्यधिक गर्मी भइरहेको छ । किन तापक्रम निरन्तर बढीरहेको छ रु

नवलपरासीको दुम्कौलीमा ४३ दशमलव ८ डिग्री सेल्सियस, सुनसरीको धरानमा ३९ दशमलव ३, ओखलढुङ्गामा ३१ र कन्याम चिया बगानमा ३० डिग्री सेल्सियस मापन गरिएको छ । यो अहिलेसम्मकै उच्च हो ।

तराईका जिल्लाहरुमा त तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ । कोशी प्रदेशमा भने तापक्रम केही कम भएको मौसम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ । बढ्दो गर्मीका कारण अधिकांश ठाउँका शैक्षिक संस्था बन्दा गरिएका छन् भने केही ठाउँमा बिहानको समयमा पठनपाठन गर्ने गरिएको छ । निरन्तर बढीरहेको गर्मी कहिले घट्ला ?

वर्षा नहुँदा तापक्रम निरन्तर बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया नेपालमा जुन १३ देखि मनसुन भित्रन्छ । यो वर्ष एक दुई दिन ढिला मनसुन भित्रने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *