Main News

पिछडिएको क्षेत्रका नागरिक झारफुकमै गुमाउँछन् ज्यान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २७ गते २०:४८
पिछडिएको क्षेत्रका नागरिक झारफुकमै गुमाउँछन् ज्यान (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० काठमाडौं । झारफुकले रोग निको हुने कुरा तपाईलाई कतिको विश्वास लाग्छ ? पिछडिएको क्षेत्रमा झारफुकप्रति विश्वास गर्ने जमात ठुलै हुन्छ । धामीझाँक्रीमा विश्वास गर्दा धेरैले रोगले थलिएरै बस्नु मात्र परेको छैन, अकालमै ज्यानसम्म गुमाउनुपरेका प्रशस्तै उदाहरण छन् ।

कुनै पिछडिएको क्षेत्र मात्र होइन, संघीय राजधानी काठमाडौंमै झारफुकमा विश्वास गर्ने बढ्दै गएका छन् । काठमाडौंका विभिन्नस्थानमा झारफुकबाट रोग निको पार्ने दाबीसहित धेरै पसल खुलेका छन् । तिनैमध्येका एक हुन प्रकाश भुजेल । अन्धविश्वास यतिसम्म छ कि अस्पतालबाट एम्बुलेन्समै भुजेल कहाँ उपचार गराउन आउने उत्तिकै छन् ।

उनी हुन सिन्धुपालचोक मेलम्चि नगरपालिकाका, प्रकाश भुजेल । जुनसुकै रोग निको पर्ने सक्ने भ्रम छर्दै भुजेलले उपचारका नाममा अन्धविश्वासको धन्दा चलाएका छन् । शुक्रबार हामी भुजेलको पूजा केन्द्रमा पुग्दा थामिनसक्नुको भिड थियो । हामी पुग्दा मनोहरा अस्पतालबाट सञ्चालित एम्बुलेन्समा विरामी झारफुक गर्न आइपुगेको भेट्यौं । उनीहरुले अस्पतालले नै रिफर गर्ने गरेको बताएका छन् ।

यहाँ उपचार हुँदैन, नत औषधि नै दिइन्छ । यहाँ त झारफुक र शंख बजाउने गरेको पाइएको छ ।

के यस्ता झारफुकले रोग निको हुन्छ त रु यो भ्रममा धेरै विरामीले दुःख पाएका छन् । तर, विश्वास भने कायमै राख्छन् । त्यहाँ काम गर्नेलाई सोध्दा उनीहरु झर्केर जवाफ फर्काउछन् ।

त्यसपछि हामीले भूजेलसँग नै प्रतिक्रिया लियौं । उनले हाम्रो कार्यालयमै आएर आफ्नो दाबामा जोडबल गरे ।

कुनै समय प्रकाश सवारी साधनको सहचालक पनि थिए । उनले अहिलेसम्म कुनै औपचारिक अध्ययन गरेका छैनन् । भ्रममा राख्न खप्पिस भुजेलले सामाजिक सञ्जालको राम्रो उपयोग गर्ने गरेका छन् ।

कानको रोग होस् वा अरु कुनै पनि रोग चट्टै निको पार्ने उनको दाबी छ । त्यहाँ पुग्नेले पनि तत्काल नै निको भएको बताएपनि पछि फेरि दुख्ने गरेको सुनाएका छन् । तर, उनीहरु क्यामेरामा बोल्न चाहदैनन् । भुजेलले संस्कृति पूजा केन्द्रको नाममा पसल दर्ता गराएका छन् । गोकणेश्वर नगरपालिका, जोरपाटी दक्षिण ढोकामा रहेको उनको केन्द्रले पूजा सामग्री बेच्न भनेर वडामा दर्ता गराएका छन् ।

भुजेलले चिकित्सकदेखि नाम चलेका व्यक्ति नै आफूसँग उपचार गर्न आउने गरेको दाबी गर्नेगरेका छन् । औपचारीक रुपमा पूजा सामग्री बेच्न भनेपनि उनले झारफूक गर्ने, जस्तोसुकै बिरामी पनि निको पर्ने जस्ता भ्रम सामाजिक सञ्जालबाट फैलाईरहेका छन । भुजेलका कहाँ आउनेलाई उनले दक्षिण नराख्नु भन्ने गरेका छन । तर यहाँ उनीहरुले भूजेललाई भन्ने २ हजार देखि २ हजार ५ सय बुझाउने गरेका छन ।

केही समय अगाडि मात्र समान्कृत गुरु भनिने भरत केसीले काठमान्डौको तारकेश्वर नगरपालिका ७ मा संचालन गरेको क्लिनिक प्रहरीले अबैद्य भन्दै बन्द गराएको थियो । भुजेलको यो केन्द्रमा भने कुनैपनि निकायले अनुगमन गरेको छैन । नत आम नागरिकलाई भ्रमको ज्ञान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *