Main News

चुनाव हार्ने डरले रास्वपालाई घेराबन्दी गरियोः सभापति लामिछाने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २७ गते १८:००
चुनाव हार्ने डरले रास्वपालाई घेराबन्दी गरियोः सभापति लामिछाने (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ को निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने देखिएपछि अन्य दलहरुले अहिल्यैदेखि घेरबन्दी थालेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा सभापति लामिछानेले आफ्नो पार्टीको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइ दिए पछि अन्य दलले घेराबन्दी थालेको बताउनुभयो । उहाँले दलहरुको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने बताउनुभयो ।

सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताउनुभयो ।

उहाँले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको तर त्यसबेला संसदमा रहेका दलहरुले अकर्मण्यता देखाएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *