Main News

सत्ता टिकाउन रेशम चौधरीलाई माफी दिएको नेता कोइरालाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २७ गते १७:५५
सत्ता टिकाउन रेशम चौधरीलाई माफी दिएको नेता कोइरालाको आरोप (भिडियो रिपोर्टसहित)

२७ जेठ २०८० काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउनु भएको छ ।

काग्रेस जिल्ला कार्य समिति भक्तपुरले गरेको कार्यक्रममा नेता कोइरालाले दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन तहको अदालतको आदेश विपरित चौधरीलाई आममाफी दिइएको बताउनुभयो । उहाँले यो निर्णयले लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै आक्रोश पोख्नुभयो ।

नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *