Main News

पुस्तक प्रकाशकको लापरबाही, त्रुटिपूर्ण पाठ्यसामग्री (भिडियो रिपोर्टसहित)

२०८० जेठ २६ गते २०:३९
पुस्तक प्रकाशकको लापरबाही, त्रुटिपूर्ण पाठ्यसामग्री (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० काठमाडौं । कतिपय निजी प्रकाशनहरुका त्रुटिपूर्ण पाठ्यसाग्रीले बालबालिकाको सिकाइ प्रभावित हुने गरेको पाइएको छ । पाठ्यक्रम विकास केन्द्रको स्वीकृति नलिई प्रकाशित भएका पाठ्यसामग्रीले बाल मस्तिस्कमा खराब असर गरिरहेको छ भने यस्तो कार्य गरिरहेका प्रकाशन गृहले उन्मुक्ति पाइरहेका छन् ।

यो ललितपुरको हात्तिवनमा रहेको मेघा पब्लिकेशनले प्रकाशन गरेको पुस्तक हो । कक्षा ३ र ४ को यो पुस्तकको नाम हो बुस्टर नलेज । मेघा पब्लिकेशनको यो पुस्तक सबैतिर चर्चाको विषय बनिरहेको छ । कारण हो किताबमा रहेको त्रुटि ।

पहिले यो त्रुटीको चर्चा गरौँ
तपाईले मेघा पब्लिकेशनको कक्षा ४ को बुस्टर नलेज किताबको पेज नम्बर ३८ मा हेर्नुभयो भने गाईलाई गोरु र गोरुलाई गाई भनेर चिनाइएको छ । यो पुस्तकको पेज नम्बर एक सयमा नोबेल शान्ति पुरस्कार विजेता तथा राजनीतिज्ञ नेल्सन मन्डेलालाई रेस्लर जोन सिना भनेर चिनाइएको छ । ३० नम्बर पेजमा हिटलरलाई माइकल ज्याक्सन भनेर चिनाइएको छ ।

अब कक्षा ३ को बुस्टर नलेजमा भएको त्रुटि हेरौँ
भारतका प्रख्यात क्रिकेटर महेन्द्रसिंह धोनीलाई फुटबलर भनेर चिनाइएको छ । यस्तो ज्ञान दिइएका ५ हजारभन्दा बढी प्रति पुस्तक बजारमा पुगिसकेका छन् ।

यो विषयमा मेघा पब्लिकेशन के भन्छ ? हामी मेघा प्रकाशनमै पुग्यौँ तर कार्यालयमा नभेटिएका मेनेजिङ डाइरेक्टर श्रीराम श्रेष्ठले हामीलाई फोनबाटै यस्तो प्रतिक्रिया दिनुभयो ।

यसरी त्रुटी गर्ने मेघा प्रकाशनले कसरी स्वीकृति पायो र किताबहरु बजारमा ल्यायो ? हामी भक्तपुरमा रहेको पाठ्यक्रम विकास केन्द्रमा पुग्यौँ र यस्तो त्रुटिपूर्ण पुस्तक बजारमा पठाउने अनुमति किन दिइयो भनेर प्रश्न गर्‍यौँ। तर कुरा अर्कै थियो । मेघा प्रकाशनले पाठ्यक्रम विकास केन्द्रको अनुमति नै नलिई पुस्तक बेच्ने गरेको रहेछ ।

विद्यालयस्तरको पाठ्यक्रमको कार्यान्वयन गर्ने, आफै उत्पादन गर्ने र निजी क्षेत्रले प्रकाशन गरेका सामग्रीको मूल्याङ्कन गर्ने अधिकार पाठ्याक्रम विकास केन्द्रको हो । यसरी अनुमति नै नलिई पुस्तक प्रकाशन गर्दा के हुन्छ त ?

अनुमति नै नलिई जथाभावी पाठ्यसामग्री बनाइरहेका प्रकाशन गृहको संख्या थुप्रै छ । यसबाट कयौँ बालबालिका त्रुटिपूर्ण सिकाइको मारमा परेका छन् । यसतर्फ सरोकारवालाको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *