Main News

परे सरकार छाड्ने तर अन्याय नसहने एकीकृत समाजवादीको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २६ गते १४:०६
परे सरकार छाड्ने तर अन्याय नसहने एकीकृत समाजवादीको चेतावनी (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिनुभएको छ ।

काठमाडौंमा पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटनमा उपाध्यक्ष पाण्डेले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकार छाड्न परे छाड्ने तर अन्याय नसहने बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गर्नुभयो । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उहाँले नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *