Main News

एमालेद्वारा पहिचानवादीको आन्दोलनबारे सरकारको जवाफ माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ २६ गते १३:२७
एमालेद्वारा पहिचानवादीको आन्दोलनबारे सरकारको जवाफ माग (भिडियो रिपोर्टसहित)

२६ जेठ २०८० काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेशमा जारी पहिचानवादीहरुको आन्दोलन र त्यस क्रममा भएका घटनाबारे सरकारसँग जवाफ मागेको छ ।

प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर एमाले सचिव एवं सांसद योगेश भट्टराईले एमाले नेताहरूमाथि आक्रमण हुँदा प्रहरी मौन बसेको आरोप लगानुभयो ।

एमालेमाथि पटकपटक आक्रमण भइरहेकोले स्वीकार्य नहुने भन्दै उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्नुभयो ।

सांसद भट्टराईले मधेश प्रदेशको नाम राख्दा एमालेले जानकी राख्ने भने पनि मतदानबाट मधेश प्रदेशको नाममा बहुमत पुगेकाले लोकतान्त्रिक पद्धति अनुसार भएको निर्णयलाई मानेको बताउनुभयो । तर, अहिले कोशी नाम राख्दा एमालेविरुद्ध केन्द्रित गरेर आन्दोलन भएको भट्टराईको जवाफ छ ।

जवाफमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले आन्दोलनमा नाममा हुने अराजक गतिविधि सैह्य नहुने बताउनुभयो । उहाँले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने तर अराजक गतिविधिलाई कुनै हालतमा सरकारले छुट नदिने बताउनुभयो ।

आफ्ना गतिविधिका कारण आन्दोलनका नाममा अराजक र उद्दण्ड कामलाई प्रोत्साहन नहोस् भन्नेमा सबै सचेत हुनुपर्नेमा समेत गृहमन्त्रीको जोड छ । कोशी नामकरणपछि पहिचानवादीको नाममा जारी आन्दोलन हिंस्रक बन्दै गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *