Main News

काठमाडौं महानगरको निर्णयले यात्रुलाई सकस (भिडियो रिपोर्टसहित)

२०८० जेठ २४ गते २०:४०
काठमाडौं महानगरको निर्णयले यात्रुलाई सकस (भिडियो रिपोर्टसहित)

२४ जेठ २०८० काठमाडौं । सडक व्यास्थापन गर्ने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले असार १ बाट लागु हुने गरि सवारी नीति ल्याउँदैछ ।

जस्को बारेमा सूचना समेत प्रकाशित गरिएको छ । तर, महानगरको यो नीतिमा यात्रुलाई भने झन समस्या, मानसिक तनाब र खर्च बढाउने भएको छ । कुनै निजी कम्पनीको स्वार्थमा महानगरले निर्णय लिएको त होइन, शंका गर्न थालिएको छ ।

तपाई बाहिरबाट काठमाडौं आउँदै हुनुहुन्छ ? तपाई बस्ने कलंकी हो भने पर्खनुस् । असार १ गतेबाट तपाई नयाँ बसपार्क जानै पर्छ । यही उर्दी काठमाडौं महानगरपालिकाले जारी गरेको छ । कलंकी मात्र होइन पूर्वतिरबाट तपाई आउँदै हुनुहुन्छ तर बस्नुहुन्छ कोटेश्वर, अहँ तपाई कोटेश्वर ओर्लिन पाउनुहुन्न ।

उपत्यका बाहिर जान पनि तपाईं बसेकै ठाउँबाट गाडी चढ्न मिल्दैन, नयाँ बसपार्क जानैपर्छ । यो काठमाडौं महानगरपालिकाले लगाएको नयाँ नियम हो । अर्थात असार १ गतेबाट काठमाडौं उपत्यकाबाहिर जाने–आउने कुनै पनि सार्वजनिक यातायात नयाँ बस पार्कबाट मात्र छुट्ने छन् भने ओर्लिन पनि नयाँ बस पार्क नै पुग्नुपर्नेछ ।

महानगरको सूचनाका अनुसार असार १ देखि यी तीन कुरा गर्न पाइँदैन ।

१. काठमाडौं महानगरपालिका क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुबाहक सवारी साधान नयाँ बसपार्क गोगंबुबाट मात्रै छुट्नु पर्ने ।

२. बसपार्कभन्दाबाहिर रहेका सबै टिकट काउन्टर हटाउनु पर्ने ।

३. धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दूरीका सवारी साधनले कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न नपाउने ।

सूचनाको बर्खिलाप गरे महानगरले ट्राफिक प्रहरीसँगको समन्वयमा महानगरपालिका प्रहरीबाट नियमानुसार कारबाही हुने जनाएको छ । महानगरको यो निर्णयले यात्रुहरु चिन्तित छन ।

यातायात व्यवसायी र यससँग जोडिएका कामदार महानगरले आफूहरुको पेटमा लात मारेको टिप्पणी गर्छन् । त्यत्तिमात्रै हैन महानगर कुनै अमूक व्यवसायीलाई पोस्न लागिपरेको उनीहरुको आरोप छ ।

हामीले यात्रु र व्यवसायीको पीडासहित गएर महानगरपालिकासँग प्रश्न गर्‍यौं– तपाँईहरुले यात्रु र यातायात व्यवसायी मारा निर्णय किन गर्नुभयो ?

महानगरले बसपार्कभन्दा बाहिर यात्रुलाई पिक एण्ड ड्रपको सुविधा पनि नदिने गरी सूचना निकालेको छ । के महानगरले यात्रुको व्यवहारिक पाटो नहेरेकै हो त ?

महानगरले निजी कम्पनी लोत्सेलाई पोस्ने गरी सम्झौता गरेको आशंका छ । महानगरले थालेको यातायात व्यवस्थापनको कामले यात्रुलाई सास्ती र सीमित व्यापारिक समूहलाई पोस्ने काम नहोस् । यो नीतिमा महानगर एक पाइला अघि बढ्दा दुई पाइला पछि हट्नुपर्ने अवस्था नआओस ।

प्रतिक्रिया

2 thoughts on “काठमाडौं महानगरको निर्णयले यात्रुलाई सकस (भिडियो रिपोर्टसहित)

  1. याे सबै लोस्से ले चल खेल गरेको हुनु पर्छ
    हाम्रो काउण्टर बसपार्क बाहिर छ।हामी पहिले बसपार्क भित्र थियौ हामी रहर ले बाहिर आय का होइनौ बसपार्क भित्र लोस्सेले हाम्रो गाउँ जाने रुट मा बस् सेवा दिएको छ सेवा दिनु मा राम्रो हो तर हामीलाई हाम्रै गाउँ जाने बस् सेवा सञ्चालन गर्न भने दिँदैन हो हामीलाई बस् पार्क भित्र। काउण्टर दिनु पर्छ हामी राजीखुसी जाने छौं र काउण्टर चाई महानगर ले मिलाइदिन पर्छ किन् भने त्यहाँ सिन्डिकेट सुरु गर्दा छन् डर धम्की दिँदै आय का हुन्

  2. हैन यो निर्णय गर्नि बेलामा बालेनले गाजा खाको रैछ कि केहो

Leave a Reply

Your email address will not be published. Required fields are marked *