Main News

अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

मेयर बालेनको बेल्जियम भ्रमण स्वीकृत

हिमालय टिभी
२०८० जेठ २४ गते १३:२१
अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

२४ जेठ २०८० काठमाडौं । सरकारले अत्यावश्यक सेवामा हड्ताल निषेध गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक सेवा सञ्चालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने निर्णय गरेको हो । यसको सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।

स्वास्थ्य, यातायात, सञ्चार, विद्युत, बैंक, बीमा, हवाइ लगायतका क्षेत्र अत्यावश्यक सेवामा पर्छन् । यी क्षेत्रमा हड्ताल निषेध गरिएको हो ।
यस्तै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको बेल्जियम भ्रमण स्वीकृत भएको छ ।

जेठ २९ देखि ३२ गतेसम्म ब्रसेल्समा विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिट हुँदैछ ।

यस्तै काभ्रेको पाँचखाल नगरपालिकास्थित औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेल नियुक्त गर्ने, माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडलाई आयोजनाको टावर टाइट अफ वे का लागि रसुवा र नुवाकोटको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने पनि निर्णय भएको छ।

त्यसका लागि उक्त वन क्षेत्रमा रहेका रुखहरु हटाउन स्वीकृत दिइने छ। त्यसैगरी विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *