Main News

मेलम्ची र हेलम्बुमा जलवायुजन्य कृत्रिम घटना अभ्यास तालिम (भिडियो रिपोर्टसहित)

२०८० जेठ २३ गते २०:५८
मेलम्ची र हेलम्बुमा जलवायुजन्य कृत्रिम घटना अभ्यास तालिम (भिडियो रिपोर्टसहित)

२३ जेठ २०८० सिन्धुपाल्चोक । प्रायजसो हरेक मनुसनमा प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकको मेलम्चीमा सोमबार बाढीले बगाएका व्यक्तिहरुलाई सकुशल उद्दार गरियो । तर, यो पटक वास्तविक नभई जलवायुजन्य विपद् तथा मनसुनको पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको थियो ।

स्थानीयहरुले दुई वर्ष अघिको भयानक मेलम्ची बाढीलाई फेरी सम्झिएर अब पनि हुनसक्ने प्राकृतिक विपदबाट कसरी जोगिनेबारे स्थानीयले तालिम पाएका छन् ।

कृत्रिम घटना अभ्यासको बारे थाहा नहुने कतिपय मानिसहरु केही समय अलमलमा परे । साच्चै बाढी आउँदैछ सुरक्षित रहनुहोला भन्ने माइकिङ र साइरन सुनेपछि स्थानीय हस्याङ फस्याङ गर्न थाले । तर यस पटक भने मेलम्चीमा काल्पनिक बाढी आयो ।

जलवायुजन्य विपद् तथा मनसुनको पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेलम्ची र हेलम्बुका विभिन्न स्थानमा कृत्रिम घटना अभ्यास तालिम गरिएको थियो ।

मेलम्ची र हेलम्बु क्षेत्रमा विपतपूर्वको सूचना प्रणालीको विकास गर्ने काम गर्दै आइरहेको प्राक्टिकल एक्सनका अनुसार बाढीको बेला हुनसक्ने खतरा टार्नेबारे अभ्यास गरिएको जनाएको छ ।

विपदबाट क्षति पुग्ने र विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय हुन् । त्यसैले विपद् जोखिम न्यूनीकरणमा जागरुक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटनाको समयमा प्रतिकार्यलाई प्रभावकारी तवरले परिचालित गर्न स्थानीयले तालिम पाएका छन् ।

विपद व्यवस्थापनका लागि परियोजना, स्थानीय सरकार, जल तथा मौसम विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी मेलम्ची र हेलम्बु क्षेत्रमा पूर्वसूचना प्रणाली स्थापना गरिएको छ । जसकारण अबका दिनमा हुन सक्ने प्राकृतिक विपद्मा जनधनको हुनसक्ने क्षति रोक्न मद्धत पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *