Main News
प्रतापपुरमा एक दम्पतीको हत्या
२०८० जेठ २३ गते १४:००
२३ जेठ २०८० पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन।
प्रतापपुर गाउँपालिका वडा नम्बर ८ मजुवामा ५० वर्षीय तिलकराज भेडियार र उहाँकी श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पश्चिमका नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
गाई भैसी पालन व्यवसाय गर्दै आएका दम्पतीको शव धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा गोठ नजिकै फेला परेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया