Main News

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी के ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ १९ गते २०:४४
प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी के ? (भिडियो रिपोर्टसहित)

१९ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएका उर्जा र पारवहन सम्झौताले दुई देशबीच नयाँ आयाम थपेको विश्लेषण गरिएको छ। पेट्रोलियम पाइपलाइन, उर्जा व्यापार र निर्माण र पारबहन सन्धी नवीकरण गर्ने सहमति भएको छ । यसबाट नेपालले के लाभ लिन सक्छ त ?

–आगामी १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत खरिद गर्ने
भारतीय बाटो हुँदै बंगलादेशलाई नेपालले ५० मेगावाट विद्युत बिक्री गर्ने
–६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना भारतीय कम्पनी सतलज विद्युत निगमले निर्माण गर्ने
–४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीसमेतको लगानीमा निर्माण गरिने
–पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआर ३ महिनाभित्र सम्पन्न गर्ने र एक वर्षभित्र लगानीको मोडालिटी तयार गरिने
–सिलिगुडीदेखि झापासम्म र बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म करिब १७ अर्ब भारतीय सहयोगमा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने
–नेपाल र भारतबीच अन्तरदेशीय डिजिटल पे को सुरुवात
–भारतीय सहयोगमा कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने
–समुन्द्रसम्म नेपालको सीधा पहुँच हुने गरी पारवहन सन्धी १९९९ संशोधन नवीकरण गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएका यी सहमतिलाई नेपालको उर्जा व्यापार, जलविद्युत निर्माण र पारवहनको दृष्टिकोणले ऐतिहासिक भएको टिप्पणी गरिएको छ।

दुई देशीबीच भएको सम्झौता तथा समझादारी र भारतले गरेको प्रतिवद्धताबाट नेपालले धेरै हिसाबमा लाभ लिन सक्ने देखिन्छ । यसका लागि सरकार र राजनीतिक नेतृत्वकै सक्रियता आवश्यक देखिन्छ ।

भ्रमणका क्रममा गौतमबुद्ध विमानस्थलमा आइएलएस पालना गर्न भारतले दिएको ग्रीन सिग्नलले विमानस्थलबाट थप उडानको सम्भावना देखिन्छ । यद्यपी पेट्रोलियम पाइपलाइन निर्माणको दीर्घकालीन सम्झौता भने नेपालले भन्दा भारतले बढी लाभ लिने देखिन्छ । विद्युतमा आत्मनिर्भर भएर धरायसीदेखि अन्य विभिन्न प्रयोजनमा समेत विद्युतको प्रयोगमा प्रसय दिइरहेको र निर्यातका लागि भारतसँग सम्झौता गरेको सरकारले पाइपलाइन निर्माण गरेर इन्धन ल्याउने निर्णय विरोधाभाषपूर्ण नै देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *