Main News

जसपा कोशी प्रदेश सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन फिर्ता

हिमालय टिभी
२०८० जेठ १७ गते १३:२८
जसपा कोशी प्रदेश सरकारबाट बाहिरियो, सरकारलाई दिएको समर्थन फिर्ता

१७ जेठ २०८० मोरङ । जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

जसपा पार्टीको कोशी प्रदेश बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिँदै स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

माओवादी केन्द्र ,राप्रपा र जसपाको समर्थनमा गएको पुस २४ गते एमालेका नेता कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। यो सँगै हिक्मत कार्की नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

९३ सदस्यीय कोशी प्रदेशमा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

कांग्रेसले केन्द्रमा सत्ता गठबन्धन दलमा रहेका दलहरु माओवादी र जसपालाई सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब दिइरहेको थियो । जसपाको यो निर्णयले माओवादी र समाजवादीलाई पनि सरकारलाई दिएको समर्थन लिन दबाब बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *