Main News

नेपाल टेलिकमको रिङ्ब्याक टोनले दिक्दार ! (भिडियो रिपोर्टसहित)

२०८० जेठ १६ गते २१:०३
नेपाल टेलिकमको रिङ्ब्याक टोनले दिक्दार ! (भिडियो रिपोर्टसहित)

१६ जेठ २०८० काठमाडौं । फोन गर्‍यो , फोनको घण्टी जानुको सट्टा गीत बज्छ । फोन गर्‍यो भ्रष्टाचार नगरौं भन्ने नारा बज्छ । जनहितमा जारी मात्रै होइन, दिवस र चाडपर्वको नाममा राखिएका नेपाल टेलिकमका मोवाइल रिङटोनले नागरिकलाई दिक्दार बनाइदिएको छ ।

यो गणतन्त्र दिवसको अवसरमा सरकारले एनटिसी प्रयोगकर्ताको रिङ ब्याकटोनमा राखेको गीत हो । यो रिङ ब्याकटोनका कारण एनटिसी प्रयोगकर्ता वाक्कै भए ।

आफ्नो मोबाइलमा आफूले चाहेको अनुसार रिङटोन राख्न पाउनुपर्ने हो । तर सरकारले चाडपर्व विशेष दिवसहरुमा आफूले चाहेअनुसारको रिङटोन राख्दै आएको छ । अनि नागरिक यो कुरादेखि दिक्क भएका छन् ।

नेपाल टेलिकमले अनावश्यक रिङव्याक टोन राखेपछि सामाजिक सञ्जालमा भाइरल एक जना नागरिकले गरेको कम्प्लेनको सानो अंश हो । हो, यीनै व्यक्ति जस्तै धेरै नागरिकलाई टेलिकमको यस्ता रिङ्व्याक टोनले दिक्क बनाएको हुन्छ ।

गणतन्त्र दिवसको शुभकामना मात्र होइन, दशैंतिहार, विभिन्न भ्याक्सिनको विज्ञापन पनि गर्नेगरिन्छ । नागरिकले आफ्नो रकम तिरेर यसरी अन्य विज्ञापन किन सुन्ने रु अहिले प्रश्न तेस्रिएको छ ।

गैरहिन्दुलाई दशैंतिहारको के मतलव अथवा हिन्दु वा क्रिश्चियनलाई इदको शुभकामना सुन्न मन नपर्ला वा हिन्दु, मुसलमानलाई क्रिशमसको शुभकामना अनावश्यक लाग्ला । व्यापारिक संस्था टेलिकमले किन नागरिकलाई जबरजस्ती लाद्न खोज्छ रु

नेपाल टेलिकमले त सरकारको आदेशअनुसार रिङटोन राखिरहेको छ । तर नागरिकलाई जनहितमा जारी गरिएका बाहेक अन्य रिङ ब्याकटोनका कारण समस्या भैरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?

हुनत, सरकारले यसरी विभिन्न रिङ ब्याकटोन राख्न पाउने नपाउने विषयमा कानुनले केहि बोलेको छैन । तर कानुनविज्ञले सरकारको जनतालाई सूसुचित गराउने र नागरिकको गोपनियताको हकबीचको द्वन्द्वका रुपमा बुझेका छन् । आम नागरिकभने आफूले पैसा तिरेर चलाउने सिममा विभिन्न रिङटोन आफूखुसी राख्ने टेलिकमसँग आक्रोशित छन् ।

प्रतिक्रिया

One thought on “नेपाल टेलिकमको रिङ्ब्याक टोनले दिक्दार ! (भिडियो रिपोर्टसहित)

  1. रिङटोन costumes le आफूखुशी राख्न पाउनु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *