Main News

किन ब्यूँताइयो सांसद विकास कोष ? वडाध्यक्ष हैसियतका सांसद !(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १६ गते २०:५३
किन ब्यूँताइयो सांसद विकास कोष ? वडाध्यक्ष हैसियतका सांसद !(भिडियो रिपोर्टसहित)

१६ जेठ २०८० काठमाडौं । सरकारले प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन गरेपछि आलोचना भइरहेको छ ।

विगतमा सबैभन्दा बढी बेरुजु देखिएको र कोषको दुरुपयोग भएका कारण बद्नाम बनेको कार्यक्रम किन ब्यूँताइयो ? के विधायकलाई विकासे बनाउन खाजिएको हो ? योसँगै संघीय संरचनाको अवमूल्यन पनि हो ।

ुसांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरु ।

यो कटाक्ष मिश्रित टिप्पणी हो, काठमाडौं महागरपालिकाका मेयर बालेन शाहको । सरकारले सोमबार आर्थिक वर्ष २०८०र ८१ को बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड विनियोजन गर्यो । संसद विकास कोषको नाम फेरेर ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम ल्याइएपछि सांसद स्वयंले सरकारले सांसदको मुख टाल्न प्रयास गरेको टिप्पणी गरेका छन् ।

धेरै आलोचना भएपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७८–७९ को बजेटमार्फत संसद विकास कोष खारेज गर्नुभएको थियो । तर, अहिले पुनस् त्यही मोडलको बजेट विनियोजन भयो । प्रत्येक निर्वाचनमा क्षेत्रमा ५ करोड जाने गरि ८ अर्ब २५ करोड विनियोजन भएको विषयमा सर्वत्र आलोचना भएपछि अर्थमन्त्री प्रकाशशरण महत सरकारको निर्णयको बचाउमा उत्रनुभएको छ ।

सरकारले विगतको सांसद विकास कोष भन्दा अहिलेको योजना भिन्न रहेको दाबा गरेको छ । एक करोड भन्दा तलका योजनामा बजेट नजाने र संघीय मन्त्रालय अन्तर्गतकै विभागले ठेक्का लगाएर काम हुने भएकाले संसद विकास कोष भन्दा यो कार्यक्रम भिन्न रहेको सरकार बताउँछ । विगतमा आलोचित र विवादित अभ्यासलाई नयाँ रुपमा ल्याएको सरकारले यो कार्यक्रमको औचित्य कसरी पुष्टि गर्छ रु त्यसका लागि केही समय कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *