Main News

जनक शिक्षाको एकाधिकार तोड्न मुद्रण उद्योग महासंघको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ १६ गते १८:०८
जनक शिक्षाको एकाधिकार तोड्न मुद्रण उद्योग महासंघको माग (भिडियो रिपोर्टसहित)

१६ जेठ २०८० काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले जनक शिक्षा सामग्री केन्द्रको एकाधिकारका कारण विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक नपुगेको आरोप लगाएको छ ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै महासंघले जनक शिक्षाको एकाधिकार तोडेर आफूहरुलाई पनि छपाईको काम दिन सरकारसँग माग गरेको हो ।

महासंघकै कारण चालू शैक्षिक सत्रमा विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएको दाबी मुद्रण उद्योग महासंघको छ ।

पत्रकार सम्मेलन गर्दै महासंघले निजी क्षेत्रको विकास र विस्तारले नै देशको अर्थतन्त्र मजबुत हुने जनाएको छ ।

पाठ्यपुस्तक छपाई तथा बिक्री वितरण सम्बन्धमा प्रत्येक शैक्षिक सत्रका लागि सूचिकृत हुनु पर्ने व्यवस्था भन्दा एक पटक सूचिकृत भईसकेपछि कम्तिमा ३ बर्ष पाठ्यपुस्तक छपाई तथा बिक्रीवितरण गर्ने अधिार सुनिश्चित गर्नुपर्ने माग महासंघको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *