Main News
नकाबधारी समूहद्वारा महोत्तरीमा एनएमबी बैकबाट रकम लुटपाट (भिडियो रिपोर्टसहित)
२०८० जेठ १६ गते १४:१७

१६ जेठ २०८० महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैँकमा लुटपाट भएको छ ।
आज दिउँसो साढे १२ बजेको समयमा नकाबधारी चार जनाले बैँकमा लुटपाट गरेका हुन् ।
बैँक शाखा प्रमुख मलिका ठाकुरका अनुसार ३८ लाख लुटपाट भएको हो । उहाँले आजका लागि सम्पूर्ण कारोबार बन्द गरिएको जानकारी दिनुभयो ।
हिमालय टिभीलाई प्राप्त सिसिटिभी फुटेजमा नकाबधारीको हातमा बन्दुक देख्न सकिन्छ । अर्को एक व्यक्तिले भने सेतो कपडामा पैसा बाँधेर बाहिर निक्लिएको देखिन्छ ।
बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको छ ।
प्रतिक्रिया