Main News

दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमालय टिभी
२०८० जेठ १६ गते १४:०४
दरबार हत्याकाण्ड र गौर हत्याकाण्डको अनुसन्धान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

१६ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

मंगलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने बताउनुभयो । उहाँले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरुको बारेमा खोजिनीति गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भ्रष्टाचारका काण्ड र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निस्कर्षमा पु¥याउनुपर्ने र नागरिकलाई यसबारेका शंकाहरुको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आफ्नो बुधवारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भारत भ्रमणमा सिमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने बताउनुभयो । उहाँले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *