Main News

सहरी विकासको बजेट झण्डै दोब्बर

हिमालय टिभी
२०८० जेठ १५ गते १८:५३
सहरी विकासको बजेट झण्डै दोब्बर

१५ जेठ २०८० काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पु-याएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८०/८१ बजेट सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका लागि रु ६६ अर्ब १७ करोड बजेट विनियोजन गरेको बताउनुभयो ।

चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । यस मन्त्रालयलाई आगामी आवको लागि करिब रु ३० अर्ब बढी बजेट विनियोजन गरिएको हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आव २०८०÷८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *