Main News

सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने

२०८० जेठ १५ गते १७:२०
सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाइने

१५ जेठ २०८० काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक खर्चलाई उपलब्धिमूलक बनाउने चुनौतीको सामना गर्ने गरी बजेट तर्जुमा गरिएको बताउनुभएको छ ।

सङ्घीय संसद्को बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मन्त्री डा महतले सार्वजनिक वित्त प्रणालीमा सुधारलाई बजेटको एक प्राथमिकताका रुपमा समावेश गरिएको जनाउनुभयो ।

प्रशासनिक लगायतका साधारण खर्च कूल बजेटको ७३ दशमलव १० प्रतिशत विनियोजन गर्दा पूँजीगत खर्चमा चाप परेको बताउनुभयो ।

उहाँले सार्वजनिक प्रशासनलाई व्यावसायिक र प्रभावकारी बनाउने चुनौतीका बाबजुद सरकारका प्रयासले सकारात्मक सङ्केत देखा परेको उल्लेख गर्नुभयो । उहाँले साधारण खर्चलाई सीमाभित्र राखी सार्वजनिक प्रशासनलाई प्रभावकारी र उपलब्धिपूर्ण बनाउने गरी बजेट तर्जुमा गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *