Main News
कोशी प्रदेशको बजेट आधिवेशन आजदेखि, ३० बढी पहिचानवादी पक्राउ
२०८० जेठ १४ गते १३:३०

१४ जेठ २०८० विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन शुरु हुनु अघि नामकरणको विरोधमा उत्रिएका ३० जना पक्राउ परेका छन् ।
किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राईसहित ३० जना पक्राउ परेका हुन् । दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलनको घोषणा गरेपछि प्रशासनले हिजोदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
गत फागुन १७ गतेको प्रदेशसभाको बैठकले कोशी नामकरण गरेपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
पहिचानवादीहरूले प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
प्रतिक्रिया