Main News

सरकारले गर्‍यो नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रिपतिलाई आग्रह

हिमालय टिभी
२०८० जेठ १२ गते १८:३०
सरकारले गर्‍यो नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रिपतिलाई आग्रह

१२ जेठ २०८० काठमाडौं । सरकारले संघीय संसदबाट पारित नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत असोजदेखि राष्ट्रपति कार्यालयमा रहेको विधेयक प्रमाणीकरण गर्न आग्रह गर्ने निर्णय गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले भने संसदले नै निकास दिनुपर्ने आग्रह गर्दै आउनुभएको छ ।

कानूनविद्हरुसँग समेत परामर्श गरिसकेका पौडेलले यथास्थितिमा विधेयक प्रमाणीकरण नगर्ने सन्देश दिइसक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गत मंगलबारको छलफलमा पनि उहाँले संसदबाट फेरि प्रक्रियामा लैजानुपर्ने सुझाव दिनुभएको थियो ।

कांग्रेस सभापति देउवा पनि पुनः प्रक्रिया थाल्नुपर्नेमा सहमत हुनुहुन्छ भने प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने राष्ट्रपतिबाटै प्रमाणीकरण हुनुपर्ने अडानमा छन् ।

यसअघि २०७९ साउन २९ गते संघीय संसदका दुबै सदनबाट पारित विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १५ बुँदे सुझावसहित फिर्ता पठाउनुभएको थियो । तर, संसदले पुनः जस्ताको तस्तै भदौ २० मा प्रमाणीकरणका लागि पठाएको थियो । त्यसलाई पनि रोक्दै भण्डारीले समय गुर्जानुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *