Main News

भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

२०८० जेठ १० गते १६:४१
भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

१० जेठ २०८० काठमाडौं । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *