Main News

काठमाडौं-ललितपुरका सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले ‘सम्पदा बस सेवा’ सुरु (भिडियो रिपोर्टसहित)

२०८० जेठ ९ गते २१:०८
काठमाडौं-ललितपुरका सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले ‘सम्पदा बस सेवा’ सुरु (भिडियो रिपोर्टसहित)

९ जेठ २०८० काठमाडौं । काठमाडौं र ललितपुरमा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले सम्पदा घुम्ती बस सेवा सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा यो सेवा शुरु गरेको हो ।

सम्पदा घुम्ती बस विहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । ललितपुर र काठमाडौंका विभिन्न स्थलबाट बसको रुट तय गरिएको छ ।

यो रुटमा दिनमा ५ सय रुपैयाँ तिरेर दिनभर यात्रा गर्न सकिने गरी भाडादर प्रस्ताव गरिएको छ । अहिलेसम्म भाडा स्वीकृत नभएकाले सेवा निःशुल्क दिइनेछ । एक पटक टिकट काटेपछि सम्पदा घुमफिर गरी पुनः सोही रुटमा आएको साझाको बस चढ्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *