Main News

मधेश प्रदेश सरकार विस्तारमा असन्तुष्ट जुटे छुट्टै छलफलमा

हिमालय टिभी
२०८० जेठ ९ गते १४:५९
मधेश प्रदेश सरकार विस्तारमा असन्तुष्ट जुटे छुट्टै छलफलमा

९ जेठ २०८० जनकपुरधाम । मधेश सरकार विस्तारमा असन्तुष्ट बनेका माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी र जनमत पार्टी छलफलमा जुटेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले सत्तारुढ गठबन्धनको छलफल नै नराखि मन्त्रिपरिषद् विस्तार गरेकोभन्दै असन्तुष्ट बनेका तीन दल छलफलमा जुटेका हुन् ।

सरकारलाई दिएको समर्थनबारे पुनर्विचार समेत हुनसक्ने माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरतकुमार साहले चेतावनी दिनुभएको छ । उहाँले दलहरुबीच कुनै संवाद नगरी एक्लौटी ढंगबाट मन्त्रिपरिषद् विस्तार गरेकाले गठबन्धनकै औचित्यमा प्रश्न उठेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले आजै मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । यादवले कांग्रेस २ र एकीकृत समाजवादीलाई १ मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । कांग्रेसबाट कृष्ण यादव भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्र सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नुभएको छ भने एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने कृषि मन्त्री बन्नुभएको छ ।

जनमतबाट कृषि मन्त्री बनेका बसन्त कुशवाहालाई विनाविभागी बनाइएको छ । यो भागवण्डामा माओवादी समेत असन्तुष्ट बन्दै सरकारबाट फिर्ता भएको छ भने लोसपा पनि सहमति अनुसार भाग नदिएकोभन्दै सरकारमा सामेल भएन ।

असन्तुष्ट तीन दल बाहिरिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको छ । यदि तीन दलले समर्थन फिर्ता लिएर मुख्यमन्त्री यादव अल्पमतमा पर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *