Main News

प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता, वनमन्त्रीमा महतो नियुक्त

२०८० जेठ ९ गते १४:३३
प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता, वनमन्त्रीमा महतो नियुक्त

९ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले एघारौं पटक विस्तारमा पूर्णता पाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले वन तथा वातावरणमन्त्रीमा वीरेन्द्रप्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारीलाई नियुक्त गर्नुभएको हो । महतो सिरहा ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

प्रमिला कुमारी यसअघि उपराष्ट्रपतिको उम्मेदवार हुनुभएको थियो । जसपाबाटै उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिमा समर्थन गर्दै प्रमिलाले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको घोषणा गर्नुभएको थियो ।

नवनियुक्त मन्त्रीको शपथ भोलि विहान १० बजे हुने तय भएको छ। सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *