Main News

मधेश प्रदेश सरकार विस्तार, तीन मन्त्री थपिए

हिमालय टिभी
२०८० जेठ ९ गते १३:३०
मधेश प्रदेश सरकार विस्तार, तीन मन्त्री थपिए

९ जेठ २०८० जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तार भएको छ ।

सरकारमा नेपाली कांग्रेसबाट दुई र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री नियुक्त भएका छन् । कांग्रेसबाट कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकासमन्त्री र स्वास्थ्यमन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त हुनु भएको हो । यादव मधेश प्रदेश कांग्रेसका सभापति र सिंह कोषाध्यक्ष हुनुहुन्छ ।

एकीकृत समाजवादीबाट गोविन्द न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त हुनु भएको छ । जनमत पार्टीको भागमा रहेको कृषि मन्त्रालय एकीकृत समाजवादीलाई दिइएको हो ।

कृषि मन्त्री रहेका वसन्त कुशवाहालाई विना विभागीय मन्त्री बनाउन लागिएको छ । चार मन्त्रालय कांग्रेसलाई नदिए सभामुखमा उसको दाबी छ । नेकपा एमालेबाट निर्वाचित रामचन्द्र मण्डल सभामुख हुनुहुन्छ।

आफुले रोजेको मन्त्रालय नपाएपछि लोकतान्त्रिक समाजवादी लोसपा भने मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट छ । नवनियुक्त मन्त्रीहरुको शपथ केहीबेरमा हुँदैछ । मधेस प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने दलहरुबीच सहमति भएको छ । मधेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री हुनुहुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *