Main News
बझाङ हिमपहिरोमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला
२०८० जेठ ८ गते १३:२३
८ जेठ २०८० बझाङ । बझाङको सुर्मा गाउँपालिका–२ स्थित धानसेरीमा हिमपहिरोमा परेर बेपत्तामध्ये दुई जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ की ४० वर्षीया रामकोइला बोहरा र जयपृथ्वी नगरपालिका–११ की १८ वर्षीया रमिता धामीको शव फेला परेका हो।
हिमपहिरोमा हराइरहेकी जयपृथ्वी नगरपालिका–११ की १४ वर्षीया जामती धामीको अवस्था अझै अज्ञात छ। हिमपहिरोमा परी दुई जना घाइते भएका छन्। यार्सा संकलन गर्न पुगेका उनीहरु आइतबार हिमपहिरोमा पुरिएका थिए।
प्रतिक्रिया