Main News

ओलीले ब्युँत्याएको फुजेल काण्ड के हो ? (भिडियो रिपोर्टसहित)

२०८० जेठ ७ गते २१:२३
ओलीले ब्युँत्याएको फुजेल काण्ड के हो ? (भिडियो रिपोर्टसहित)

७ जेठ २०८० काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी, तत्कालीन बिद्रोही माओवादीबाट मारिएको झण्डै दुई दशक पूरा हुनै लाग्यो।

छोराको हत्यारालाई कार्बाहीको माग गर्दागर्दै बुबा नन्दप्रसादले ज्यान गुमाए। आमा गंगामाया अझै सरकारलाई दबाब दिइरहेकी छन्। बेला(बेलामा चर्चामा आएर सेलाउने कृष्णप्रसादको हत्या प्रकरणबारे सरकार मौन बस्नु नहुने भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि त्यसलाई बहसमा ल्याउने प्रयास गर्नुभएको छ।

हजुरबुबालाई भेट्न २०६१ जेठ २४ गते चितवनको रत्ननगर गएका बेला गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको माओवादी कार्यकर्ताले हत्या गरेका थिए। छोरा कृष्णप्रसादका हत्यारालाई कार्बाहीको माग गर्दै बुवा नन्दप्रसाद र आमा गंगामायाले २०७० सालमा आममरण अनशन थालेका थिए। अनसन सुरु गरेको ३ सय ३० दिनमा नन्दप्रसादको निधन भयो। उनको शब अझै पनि टिचिङ हस्पिटलको मुर्दाघरमै छ।

श्रीमानको निधन भएपछि गंगामायाले सरकारसँग दुई बुँदै सहमति गरेर अनसन तोड्नुभयो। गंगामायाले बेला(बेलामा आवाज उठाउनुबाहेक यो प्रकरण सेलाएको थियो। शनिवार पार्टीको संसदीय दलको बैंठकमा एमाले अध्यक्ष ओलीले फुजेल प्रकरणबारे चर्चा गर्दै त्यसबारे सरकार बोल्नुपर्ने बताउनुभयो।

ओलीले अचानक फुजेल काण्डको चर्चा गर्नुलाई अर्थपूणर् मानिएको छ। फुजेल काण्डको बिषयमा सरकार मौन बस्न नमिल्ने ओलीको भनाइमा माओवादी केन्द्रले भने एमालेले विषयान्तर गरेको टिप्पणी गरेको छ ।

कृष्णप्रसादको हत्या लगत्तै नन्दप्रसादले तीन र नन्दप्रसादका जेठा छोरा नुरप्रसादले ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। किटानी जाहेरी दिएकामध्ये अधिकांश अधिकारीका छिमेकी थिए। मुख्य आरोपित छविलाल पौडेलसमेत १२ प्रतिवादीले जिल्ला अदालत चितवनबाट हत्या अभियोगको सफाइ पनि पाइसकेका छन्। तरपनि यो प्रकरण बेलाबेलामा चर्चामा आइरहन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *