Main News

संघीयता खारेजीको विषय नीति, कार्यक्रममा आउनुपर्छः अध्यक्ष केसी

हिमालय टिभी
२०८० जेठ ७ गते १५:०५
संघीयता खारेजीको विषय नीति, कार्यक्रममा आउनुपर्छः अध्यक्ष केसी

७ जेठ २०८० काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयता खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा संघीयताविरुद्धको जनमत तयार भइरहेको पनि बताउनु भयो ।

उहाँले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि बताउनुभयो । उहाँले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नीति कार्यक्रमको बुँदा नम्बर १ मा संघीय शब्द राखिएको छ, त्यसलाई हटाउनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ । अहिले संघीयताको भारी यो मुलुकले बोकिराखेको छ कि, संघीयताका विरुद्धमा नेपालमा जनमत तयार गइराखेको छ । त्यसले लोकतन्त्र, गणतन्त्रलाई समेत सिध्याउने हो कि भन्ने खतरा छ ।

उहाँले वर्तमान सरकार कायम हुनुपर्ने र सरकारले ल्याएका नीति, कार्यक्रम पारित हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *