Main News

शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने षड्यन्त्र भयोः ओली

हिमालय टिभी
२०८० जेठ ७ गते १३:५५
शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने षड्यन्त्र भयोः ओली

७ जेठ २०८० काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले सो प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयासबारे आफूसँग तथ्य प्रमाण रहेको उल्लेख गर्दै त्यसो नगर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो प्रकरणका दोषीलाई उम्काउने षड्यन्त्र तत्काल बन्द गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष ओलीले सो प्रकरणको छानविनमा हस्तक्षेप नगर्न पनि सरकारलाई भन्नुभयो ।

उहाँले भन्नु भयो, ‘केपी ओलीले अर्थोक गर्ला । बाघ भोकै पर्छ, गाँस खाँदैन भन्छन नि । म्याऊ म्याऊ गर्दैन । र, यस प्रसंगलाई, यस भ्रष्टाचारको कारबाहीलाई निष्पक्ष र तटस्थ ढंगले कोही पनि अपराधी नउम्कने गरी र कोही पनि दोषीलाई, दोषी नउम्कियोस्, निर्दोष कोही नफसोस् । फेरी एकपल्ट म दोहो¥याउन चाहन्छु–म तथ्य प्रमाणसहित भन्दैछु–दोषीलाई उम्काउने कोशिस भइरहेको छ । निर्दोषलाई फसाउन कोशिस भइरहेको छ ।

अध्यक्ष ओलीले भ्रष्टाचारका सबै काण्डहरुको छानबिनमा आफ्नो पार्टीले सरकारलाई पुरै सघाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *