Main News

सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने एमालेको चेतावनी

हिमालय टिभी
२०८० जेठ ६ गते १७:५४
सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने एमालेको चेतावनी

६ जेठ २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने चेतावनी दिएको छ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने चेतावनी दिनुभएको हो ।

उहाँले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने बताउनुभयो ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन रहेको बताउनु भयो । उहाँले वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनै पनि खालको प्रतिवद्धता नआएको दाबी गर्नुभयो ।

ओलीले मुलुकको अर्थतन्त्रको समस्या समेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै आपत्ति जनाउनु भयो । उहाँले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोप समेत लगाउनु भयो ।

प्रतिक्रिया

One thought on “सरकारको नीति तथा कार्यक्रम पारित हुन नदिने एमालेको चेतावनी

  1. भ्रष्ट शिरोमणिज्यूको निन्द्रा गायब छ, टोप जी पक्राउ पर्नुभएकोमा। रिसल्ला सहित, पुरै सडक कब्जा नगरी संसदमा आएर राष्ट्रपतिले पढेको नीति तथा कार्यक्रम कसरी स्वीकार्य हुन सक्छ ?
    तर अब संसद बन्द गरेर अनिर्णयको बन्दी बनाउने र अण्ट सण्ट गरेर भ्रष्टाचारको रक्षा गर्ने कुकर्म सह्य हुँदैन । प्रतिपक्षीलाई नीति तथा कार्यक्रम उपयुक्त नलागे डटेर तार्किक बहस गर्ने हो, विकल्पमा आफ्नो नीति प्रस्तुत गरेर संशोधनका लागि मतदानमा जाने हो , संसद बन्धक राखेर हाँडीजात्रा देखाउन पाइंदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *