Main News

सहमतिपछि सांसद सञ्जय गौतमले तोडे अनशन

हिमालय टिभी
२०८० जेठ ६ गते १७:५१
सहमतिपछि सांसद सञ्जय गौतमले तोडे अनशन

६ जेठ २०८० बाँके । सरकारले माग पुरा गर्ने सहमति जनाएपछि बर्दिया–१ बाट निर्वाचित सांसद सञ्जयकुमार गौतमले आमरण अनशन तोड्नुभएको छ ।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनी आठदिनदेखि अनशनमा बसेका गौतमको माग पुरा गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सहमत बनेपछि अनशन तोडिएको हो ।

मन्त्री ज्वाला र सांसद गौतमबीच ११ बुँदे सहमति भएको छ । बारबर्दिया र गुलरिया जोड्ने पुल निर्माण गर्ने लगायतका सहमति भएको छ । मन्त्री ज्वाला सहमति गर्न अनशनस्थलमै पुग्नुभएको थियो ।

अनशन तोडेपनि स्वास्थ्य अवस्था कमजोर भएकाले गौतमलाई जिल्ला अस्पताल बर्दियामा भर्ना गरिएको छ । गौतम गत बैशाख ३० गते जब्दीघाटको भत्किएको पुलमुनि १५ बुँदे मागसहित अनशनमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *