नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैनः सञ्चारमन्त्री शर्मा
६ जेठ २०८० काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताउनु भएको छ ।
नेपाल सरकारका प्रवक्तासमेत रहनु भएकी उहाँले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको पनि स्पष्ट पार्नु भयो । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले राम्रो कामको सुरुवात गरिरहेको दावी समेत गर्नु भयो ।
मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीहरुले भन्दा रामो काम गरिरहेको जिकीर पनि गर्नु भयो । बदमासी माओवादी पार्टीबाट मन्त्री बनेकाहरुले पनि गरेको हुन सक्ने स्वीकार गर्दै उहाँले अरु दलका मन्त्रीहरुको तुलनामा भने कम गल्ती गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै प्रशंशा समेत गर्नु भयो ।
मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नु भयो ।
प्रतिक्रिया