एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड बढी रकम हिनामिना
शाखा प्रबन्धकसहित ९ जना पक्राउ

६ जेठ २०८० इटहरी । एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ हिनामानी भएको छ ।
ग्राहकले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ हिनामना भएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम हिनामिना भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सात जना बैंकका कर्मचारी हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ हिनामाना भएको जानकारी दिनुभयो । उहाँले पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको देखिएको बताउनुभयो ।
बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम सीबीएसबाट निस्क्रिय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको छ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर धावा लामा, बैंकका कनिष्ठ सहायकहरु मनोज घिमिरे, देवराज शर्मा, रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर पवित्रा कटुवाललाई पक्राउ गरेको हो ।
त्यस्तै धनुषाका ३४ वर्षीय शंकर भुजेल, भक्तपुरका अजय खिउजू पक्राउ परेका छन् । प्रहरी नायव उपरीक्षक राईका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन् ।
पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया