Main News

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एकीकृत प्रशारण सेवाको प्रारम्भ गर्ने सरकारको घोषणा

हिमालय टिभी
२०८० जेठ ५ गते १७:३८
रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर एकीकृत प्रशारण सेवाको प्रारम्भ गर्ने सरकारको घोषणा

५ जेठ २०८० काठमाडौं । सरकारले अनलाइन सेवा प्रणाली वडा तहबाट नै उपलब्ध गराउने घोषणा गरेको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । विद्युतीय प्रणालीबीच तथ्यांक आदानप्रदान गर्न डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गरिने बताएको छ ।

त्यस्तै सरकारले प्रेस तथा अभिवृद्धि स्वतन्त्रताको प्रवर्द्धन, मर्यादित पत्रकारिताको विकासका निम्ति नीतिगत, कानूनी र संरचनागत सुधार गर्ने, सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

त्यस्तै सरकारले सार्वजनिक सेवा प्रशारकको सथापना गरी यही आर्थिक वर्ष भित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर एकीकृत प्रशारण सेवाको प्रारम्भ गर्ने भएको छ ।

प्रेस काउन्सिललाई सबै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रशारण हुने विषयवस्तुको नियमन गर्नेगरी नयाँ कानूनी व्यवस्थासहित मिडिया काउन्सिलमा रुपान्तरण गर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *