Main News

दासढुंगा दुर्घटनालाई हत्या भनिरहेको एमाले छानबिनमा किन छैन अग्रसर ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० जेठ ३ गते २०:५४
दासढुंगा दुर्घटनालाई हत्या भनिरहेको एमाले छानबिनमा किन छैन अग्रसर ? (भिडियो रिपोर्टसहित)

३ जेठ २०८० काठमाडौं । २०५० जेठ ३ गते दासढुँगामा भएको दुर्घटना हो वा सुनियोजित घटना ? ३ दशकदखि यो प्रश्न अनुत्तरित छ । तत्कालीन समयमा दुर्घटना होइन भन्दै हत्या नै हो भनेर दाबा गर्नेहरुले देशको बागडोर पटक पटक सम्हाल्दा पनि यसको रहस्य सुल्झाउन सकेका छैनन् । तर, उनीहरु अझै पनि हत्या नै हो भन्दै दुर्घटना स्वीकार्न पनि तयार छैनन् । आखिर के थियो दासढुँगा प्रकरण ?

०५० जेठ ३ गते दासढुँगामा तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीत चढेको जीप त्रिशुली नदिमा खस्यो । पोखराबाट मुग्लिन हुँदै गाडी चितवनतर्फ गइरहेको थियो । साँझ करिब साढे ५ बजे उहाँहरु चढेको बा अ प ८७९३ नम्बरको जिप त्रिशुलीमा खस्यो । जीपमा सवार भण्डारी र आश्रित त्रिशुलीमा मृत फेला पर्नुभयो । तर, चालक अमर लामा भने गाडीबाट हाम्फालेर ज्यान बचाउन सफल हुनुभयो । पछि उहाँको पनि काठमाडौंमा हत्या गरियो ।

३० वर्ष अगाडिको यो घटनालाई भण्डारीको पार्टी नेकपा एमालेले अहिले पनि हत्या नै बताइरहेको छ । आफु पटक पटक सरकारको बाग्डोर सम्हाल्दा कुनै रहस्य खोल्न नसकेको एमाले समयक्रममा सत्यतथ्य बाहिर आउँछ भन्ने ठाउँमा पुगेको छ ।

एमालेले दासढुँगामा जीप खस्नु राजनीतिक षड्यन्त्र भएको र महासचिव भण्डारी र आश्रीतको मृत्यु नभई हत्या भएको नारा ३ दशकदेखि लगाइरहेको छ ।

यो बीचमा के के भए ?
१. एमाले आन्दोलित भएपछि तत्कालीन सरकारले घटनाको छानविन गर्न अनिल आयोग गठन गर्यो । सरकारको तर्फबाट गठित अनिल आयोगले चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रतिवेदन दियो ।

२. सो प्रतिवेदनमा चित्त नबुझाउँदै एमाले आन्दोलित भएपछि सर्बोच्च अदालतका न्यायाधिश त्रिलोकप्रताप राणाको अध्यक्षतामा अर्को छानबिन आयोग गठन भयो । त्रिलोक आयोगले घटनाको छानविन गर्न सकेन । गम्भीर छानविन जरुरी भएको भन्दै रिपोर्ट बुझायो ।

३.दुईवटा सरकारी आयोग बनिसकेपछि नागरिक समाजले पनि पदमरत्न तुलाधरको अध्यक्षतामा आयोग गठन गर्‍यो । सो आयोगले पनि घटना रहस्यमय भएको भन्दै थप छानविन हुनुपर्ने निष्कर्ष निकाल्यो ।

४. विभिन्न आयोगले निकालेका निश्कर्ष चित्त नबुझेपछि नेकपा एमालेले अहिलेका अध्यक्ष केपी ओलीको नेतृत्वमा आयोग गठन गर्‍यो । ओली नेतृत्वको आयोगले दासढुँगा घटना दुर्घटना नभइ रहस्यमय हत्याकाण्ड भएको निष्कर्ष निकाल्यो ।

दाशढुँगा दुर्घटना नभई रहस्यमय हत्याकाण्ड भएको निष्कर्ष निकालेका ओली स्वयं गृहमन्त्री र तीन पटक प्रधानमन्त्री बन्नुभयो । भण्डारी पत्नी विद्यासमेत रक्षा मन्त्री हुँदै दुई कार्यकाल राष्ट्रपति बन्नुभयो । तर, दाशढुँगाको फाइल भने खुलेन । दाशढुँगालाई हत्या भएको बताउने देशको कार्यकारी प्रधानमनत्री र भण्डारीकै पत्नी देशको राष्ट्रप्रमुख हुँदा नसुल्झेको दाशढुँगा हत्याकाण्डनै हो भने रहस्य कहिले खुल्ला रु दाशढुँगा थप रहस्यमय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *