Main News

रायमाझी र खाणसहितका आरोपी थप ३ दिन जुनामै रहने

हिमालय टिभी
२०८० जेठ ३ गते १७:४५
रायमाझी र खाणसहितका आरोपी थप ३ दिन जुनामै रहने

३ जेठ २०८० काठमाडौं । नक्कली भ्टानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेपछि अदालतले अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन प्रहरीलाई आग्रह गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले आरोपीहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतको अनुमतिका लागि अभियुक्तलाई अदालत लगिएको थियो ।

प्रहरीले दुई दिनअघि रायमाझीलाई बूढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको सूचना सार्वजनिक गरेको थियो । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले गत चैत १२ गते भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो ।

त्यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले वैशाख १९ गते रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।

यसको भोलिपल्ट वैशाख २० गते गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । पाण्डेले बयानका क्रममा तत्कालीन गृहमन्त्री खाँण बैशाख २७ गते पक्राउ परेका थिए । उनीहरुमाथि अब तीन दिन भित्र अनुसन्धान सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *