Main News

लामो दूरीको सार्वजनिक यातायातको भाडा घट्यो

हिमालय टिभी
२०८० जेठ ३ गते १३:१७
लामो दूरीको सार्वजनिक यातायातको भाडा घट्यो

३ जेठ २०८० काठमाडौं । लामो दूरीको सार्वजनिक यातायातको भाडा घटेको छ ।

डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले लामो दूरीको यातायातको भाडा घटेको हो । घटेको मूल्य आजदेखि नै लागू भएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३ दशमलब २० प्रतिशतले,पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४ दशलमब १९ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा ४ दशमलब ६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्रबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *