Main News

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई अदालत लगिँदै

हिमालय टिभी
२०८० जेठ ३ गते १३:०९
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई अदालत लगिँदै

३ जेठ २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई प्रहरीले अदालतमा उपस्थित गराउँदै छ ।

सबै आरोपीलाई आज म्याद थपका लागि उपस्थित गराइन लागेको हो । हालसम्म यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे सहित १४ जना थुनामा छन् । उनीहरु सबैको बयान सकिएको छ ।

नेपाली कांग्रेसका पूर्व सभासद् आङ्टावा शेर्पाको बयान भने बाँकी छ । जिल्ला सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन आज साँझसम्म बुझाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै आज प्रतिवेदन नबुझाउने भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै आज प्रतिवेदन नबुझाउने निर्णय गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताउनुभयो । प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ ।

यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौं प्रहरीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *