Main News

अष्ट्रेलियाले फर्कायाे टुँडाल (भिडियो रिपोर्टसहित)

२०८० जेठ २ गते २१:०३
अष्ट्रेलियाले फर्कायाे टुँडाल (भिडियो रिपोर्टसहित)

२ जेठ २०८० काठमाडौं । अष्ट्रेलियाले सन् १९८० को दशकमा हराएको काठको सालभञ्जिका टुँडाल नेपाललाई हस्तान्तरण गरेको छ । ललितपुरको सुलिमा टोलस्थित रत्नेश्वरको मन्दिरबाट विभिन्न माध्यम हुँदै अष्ट्रेलिया पुगेको टुँडाल आज त्यहाँको सरकारले मन्दिरका प्रमुख पुजारी र ललितपुर महानगरलाई फिर्ता गरेको हो ।

ललितपुरको पाटन दरबार स्क्वारको भन्डारखालको प्रांगणमा बाद्यवाधकले मीठो धुन बजाइरहेका थिए । यो मिठो धुन बज्नुको कारण थियो( अष्ट्रेलियन सरकारले हराएको तेह्रौं(चौधौं शताब्दीको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम ।

सन् १९८० को दशकमा हराएको टुँडाल सन् २००० मा आर्ट ग्यालरी अफ न्यू साउथ वेल्सलाई प्राप्त भएको थियो । यो टुँडाल नेपालकै भएको पुष्टि पुरातत्व विभागले गरेपछि आर्ट ग्यालरी अफ न्यू साउथ वेल्स एसियन आर्ट शाखाकी सिनियर क्यूरेटर मेलिनाई इष्टबर्नले टुडाल वैशाख २२ गते नेपाल ल्याउनु भएको थियो । सोहि टुँडाललाई अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम ह्वाटले मन्दिरका प्रमुख पुजारी हेरम्बरराज उपाध्ययाय र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई हस्तान्तरण गर्नुभयो ।

१४औं सताब्दीको मध्यतिर बनेको पाटनको सुलिमा क्षेत्रमा रहेको रत्नेश्वर मन्दिरको माथिल्लो छानालाई टेको दिइएको टुँडालमा एउटी महिला शालभञ्जिका मुद्रामा नाचिरहेको चित्रण गरिएको छ । नेपालको मन्दिरहरुमा भएको वास्तुकलालाई यो टुँडालले राम्रोसँग झल्काएको पुरातत्व विभागको भनाई छ ।

यो टुँडालमात्रै होईन हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीनको तिब्बत, भारत, जर्मनी र इटलीबाट ९५ थान मूर्तिहरु तथा कलावस्तुहरु विभिन्न अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अन्यदेशबाट पनि फिर्ता ल्याउने कुटनीतिक प्रयास सरकारले गरिरहेको छ । शोखको लागि सांस्कृतिक वस्तुहरुलाई बढी रकम तिरी खरिद गर्ने र सञ्चय गर्नेहरुका कारण नेपालका सांस्कृतिक सम्पदाहरु चोरी, ओसारपसार र अवैध निकासी भएको पुरातत्वविज्ञहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *