Main News

रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्चको आदेश

हिमालय टिभी
२०८० जेठ २ गते १७:३७
रेशम चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्चको आदेश

२ जेठ २०८० काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला सुनाएको हो । उच्च अदालतले चौधरीलाई जन्मकैदको सजाय सुनाएपछि सो फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदनको रिट परेको थियो ।

सोही रिटमा सुनुवाई गर्दै आज सर्वोच्च अदालतले यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत टिकापुरले गरेकै फैसला सदर गरेपछि चोधरी रिहाई हुने बाटो बन्द भएको छ ।

चोधरी २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहरिएपछि डिल्लीबजार कारागारमा जन्मकैदको सजाय काटिरहेका छन् ।

त्यस्तै, उच्च अदालत दिपायलले ५ वर्ष कैद सजाय सुनाएका सिताराम चौधरी र गांगा चौधरीले भने सर्वोच्चबाट सफाई पाएका छन् ।

लक्ष्मण चौधरीलाई भने सर्वोच्च अदालतले ३ वर्ष मात्रै जेल सजाय ठहराएको छ । लक्ष्मणलाई जिल्ला अदालत कैलालीले ३ वर्ष जेल सजाय सुनाएकोमा उच्च अदालत दिपायलले ५ वर्ष कैद सजाय सुनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *