Main News

प्रधानमन्त्रीद्वारा सत्तारुढ दश दलको बैठक आह्वान

हिमालय टिभी
२०८० जेठ २ गते १३:०४
प्रधानमन्त्रीद्वारा सत्तारुढ दश दलको बैठक आह्वान

२ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक बोलाउनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष २०८०–०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गर्नुभएको हो ।

बैठक दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेछ। सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *