Main News

नियन्त्रण हाेला मोबाइल फोनको अवैध कारोबार ? (भिडियो रिपोर्टसहित)

एमडिएमएस के हो ?

२०८० जेठ १ गते २०:४५
नियन्त्रण हाेला मोबाइल फोनको अवैध कारोबार ? (भिडियो रिपोर्टसहित)

१ जेठ २०८० काठमाडौं । अवैध मोबाइल फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरिएको छ ।

यो लागू भएसँगै नेपालमा दर्ता नभएका मोबाइल फोन सोमबारदेखि सञ्चालनमा आउने छैनन् । यसले मोबाइल फोनको अवैध कारोबार नियन्त्रण हुने विश्वास छ ।

नेपाल दूरसंचार प्राधिकरणले गत १५ पुसदेखि नै एमडिएमएस सञ्चालनमा ल्याउने तयारी गरेको थियो । सो समयमा यात्रुले आफ्ना साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम विदेशबाट फर्केका नेपालीले साथमा एउटा मात्रै मोबाइल ल्याउन पाउने व्यवस्था थियो ।

सोही व्यवस्थाअनुसार भन्सार विभागले विदेशबाट फर्केका नेपाली नागरिकले साथमा ल्याएको एउटा मोबाइल मात्रै एमडिएमएसमा दर्ता गर्ने प्रज्ञापनपत्र दिने भयो । जसअनुसार वैदेशिक रोजगारीबाट फर्केका कामदारले पनि एउटा मात्रै मोबाइल ल्याउन पाउने भए । रेमिट्यान्समा योगदान गर्ने कामदारले आफ्नो परिवारका लागि थप मोबाइल ल्याउन नपाउने भएपछि यसको चौतर्फी विरोध भयो । लगतै, सरकारले केही समयका लागि यो प्रणाली लागू नगर्न आदेश दियो ।

तर, २६ वैशाखमा सरकारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा कम्तीमा ६ महिना काम गरी फर्केका कामदारले एउटा चलाइरहेको र एउटा सिलप्याक वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने निर्णय गर्‍यो । यो निर्णयसँगै अन्योलमा परेको एमडिएमएस जेठ १ देखि लागू गरिएको छ ।

विदेशबाट फर्केका नेपालीले साथमा ल्याएको मोबाइल सेट आफैँ अनलाइनमार्फत एमडिएमएसमा दर्ता गर्न सक्नेछन् । एमडिएमएस प्रणाली लागू भएपछि मोबाइल आयातकर्ताले सबै मोबाइल प्रणालीमा दर्ता गरी ल्याउनुपर्नेछ । यो सिस्टम सञ्चालनमा आएसँगै मोबाइल आयातकर्ताले पनि प्राधिकरणसँग अनुमति लिएर र आइएमइआई नम्बर दर्ता गरेर मात्रै मोबाइल आयात गर्नुपर्नेछ ।

सरकारले करिब १ अर्ब रुपैयाँ खर्च गरेर यो प्रणाली संचालनमा ल्याएको हो । एमडीएमएस दर्ता भएसँगै मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगमा पनि कमी आउने विश्वास लिइएको छ । यसले राजस्व संकलन बढाउनेछ ।

एमडिएमएस के हो ?
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आयात तथा प्रयोगकर्तालाई व्यवस्थापन गर्न लागू गरेको प्रणाली हो । यो प्रणालीले अवैध रूपमा राज्यमा भित्रिने मोबाइललाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरमा ल्याउने काम गर्छ ।

यो लागू गर्नुको उद्देश्य मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो सिस्टम लागू गरिएको हो । यसले मोबाइल आयातलाई व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ–ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *